
कपिलवस्तुबाट लागुऔषध ‘ब्राउन सुगर’सहित तीन जनालाई पक्राउ

कपिलवस्तु | कपिलवस्तु प्रहरीले दुई फरक स्थानबाट लागुऔषध ‘ब्राउन सुगर’ सहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २२ गते साँझ करिब ७ः१५ बजे कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–८ महुवाबाट ४५ वर्षीय हेमिद मुसलमानलाई चेकजाँच गर्ने क्रममा १.६२ ग्राम ब्राउन सुगरसहित फेला पारी पक्राउ गरिएको हो।
उनलाई कानून बमोजिम कारबाहीका लागि जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै सोही कसुरमा कपिलवस्तु नगरपालिका २ सागर टोलमा बस्ने रिन्कु ताडिवानलाई समेत प्रहरी प्रकाउ गरी अनुसन्धान थालेको छ ।
त्यसैगरी जिल्लाको कपिलवस्तु नगरपालिका–२ फैदी चौराहामा सवारी चेकजाँचका क्रममा ४६ वर्षीय दीप नारायण कुमाललाई ६५ वटा प्लास्टिक प्याकेटमा राखिएको ८.०० ग्राम ब्राउन सुगर र नगद रु. ३०,००० सहित पक्राउ गरिएको छ।
उनलाई समेत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएको छ।
प्रहरीले लागुऔषध नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई अझ कडा बनाइएको र यस्ता अवैध कार्यमा संलग्न जो कोहीमाथि कानूनी कारबाही गरिने चेतावनी दिएको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया