

२४ घण्टामा देशभर वर्षा : रुपन्देही, दाङ र अर्घाखाँचीमा धेरै भारी वर्षा, कपिलवस्तुमा कति भयो वर्षा मापन ?

पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको हो ।
यो अवधिमा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको स्टेशनमा मापन भएको विभागले जनाएको छ । अर्घाखाँचीमा ११४.६ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।
यस्तै, समाचार तयार पार्दाम्म दाङको एक स्टेशनमा १०२.४, रुपन्देहीमा १०१.८ र नवलपरासीमा १०५.६ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । यसलाई मौसम विज्ञानको भाषामा धेरै वर्षा भएको भनिन्न । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनु धेरै भारी वर्षा हुनु हो ।
लमजुङ, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेमा पनि ठूलो वर्षा भएको छ । यी क्षेत्रमा ९० मिलिमिटर वर्षा मापन भएको छ । ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।
आज बिहान धादिङ, बारा, रौतहट र पाल्पामा पनि अत्यधिक वर्षा भइरहेको छ । यी क्षेत्रमा वर्षा जारी रहेको विभागले जनाएको छ ।
आज पनि मौसम बदली भएको छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।


खबर सबै
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी









प्रतिक्रिया