

मनसुन सक्रिय : देशभर वर्षा, केही स्थानमा भारी वर्षाको चेतावनी


देशभर मनसुन सक्रिय भएसँगै आज दिनभर र राति अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई नजिक रहेकाले वर्षाको सम्भावना बढेको हो।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही सबै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।
विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
त्यस्तै, आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।
राति कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षा जारी रहने पूर्वानुमान छ।
भारी वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।


खबर सबै
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने






प्रतिक्रिया