

नारायणगढ–बुटवल सडकको म्याद अन्तिम पटक थपियो १ वर्ष


नारायणगढ–बुटवल सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने म्याद अन्तिम पटकका लागि १ वर्ष थप भएको छ ।
आयोजनाका अनुसार अन्तिम पटकका लागि थपिएको म्याद ९ साउन २०८३ कायम भएको छ । यही म्यादमा आयोजनाको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने छ ।
‘यो सडक आयोजनाको हालको भौतिक प्रगति ७० प्रतिशत रहेकाले यो अवधिमा आयोजनाको सम्पूर्ण कार्य सम्पन्न हुने विश्वास दिलाउन चाहन्छौं,’ आयोजनाका एक अधिकारीले भने ।
नारायणगढ–बुटवल सडक खण्डको भौतिक प्रगति ७० प्रतिशत पुगे पनि काम सुस्त गतिमा अगाडि बढ्दा सरकारको समेत चर्को आलोचना हुँदै आएको छ ।
कुल ११४.५३ किलोमिटर लामो यो सडक खण्डमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्र भएसँगै यात्रा सहज भइसकेको आयोजनाले जनाएको छ ।
दाउन्ने क्षेत्रको १३ किलोमिटर सडकमा भने अहिले पनि सास्ती छ । खासगरी पानी परेको समयमा सवारीसाधन चिप्लिँदा यात्रा प्रभावित हुने गरेको छ ।
आयोजनाका अनुसार दाउन्ने खण्डसमेत यसै हिउँदसम्म सक्ने लक्ष्य छ । त्यसपछि यो खण्डको यात्रा सहज हुने अपेक्षा छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया