

गुल्मीका आठ स्थानीय तह शिक्षा अधिकृतविहीन, कार्यसम्पादनमा समस्या



गुल्मीका आठ स्थानीय तह शिक्षा अधिकृतविहीन भएका छन् । स्थानीय सरकारमा शिक्षा अधिकृत नहुँदा अधिकृतले गर्ने काम प्रभावित बन्दै आएका छन् ।
अधिकृत नहुँदा शिक्षकहरूको बिदा स्वीकृत र कार्यसम्पादनमा समस्या आउने गरेको छ । शिक्षा अधिकृत नहुँदा स्थानीय सरकारका प्रमुख तथा अध्यक्षहरूले आफू अनुकूलका शिक्षकलाई पालिकामा काजमा खटाउने, प्राविधिक सहायकलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी तोक्ने जस्ता काम हुन थालेका छन् ।
मालिका, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट र कालीगण्डकी गाउँपालिकामा विगत पाँच वर्षदेखि शिक्षा अधिकृतविहीन नै रहेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्राविधिक सहायक रामप्रसाद पन्थीका अनुसार जिल्लाको कालीगण्डकी, सत्यवती, रुरुक्षेत्र, छत्रकोट, गुल्मीदरबार, धुर्कोट, मालिका र इस्मामा शिक्षा अधिकृत छैनन् । कतै विद्यालयका शिक्षक र कतै प्राविधिक सहायकको भरमा शिक्षा शाखा चल्दै आएको उहाँको भनाइ छ ।
कालीगण्डकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अग्निधर पराजुली जीवनोद्धार माध्यमिक विद्यालयका माध्यमिक प्रथम श्रेणीको शिक्षक हुनुहुन्छ । उहाँलाई पालिकाले शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिएर राखेको छ । उहाँलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिए पनि शिक्षकको बिदा स्वीकृत र कार्यसम्पादन मूल्याङ्कन गर्ने अधिकार भने उहाँलाई छैन ।
गुल्मीदरबार गाउँपालिकाका सहायक शिक्षा अधिकृत तथा शिक्षा शाखा प्रमुख रोमनाथ कँडेलले आफू शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा भए पनि अधिकृतको अधिकार भने प्रयोग गर्न नसकिएको बताउनुभयो । रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले लुम्बिनी प्रदेशको लोक सेवा आयोगमा शिक्षा अधिकृतको माग गरी पठाएको बताउनुभयो । पालिकाले माग गरी पठाए पनि विगत दुई वर्षदेखि प्रदेश लोक सेवा आयोगले अधिकृत स्तरको पदपूर्ति नगरेका कारण समस्या हुँदै आएको उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेश लोक सेवा आयोगका प्रवक्ता यमकान्त पाण्डेयले विगतमा स्थानीय सरकारको जनशक्ति व्यवस्थापनका लागि कानुन अभावका कारण समस्या भइरहेको बताउनुभयो ।
गोरखापत्र अनलाइनबाट ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया