

लायन्स क्लब अफ कपिलवस्तुको मानवता अभियान : विपन्नलाई राहत, अशक्तलाई सहारा





लायन्स क्लब अफ कपिलवस्तुले सामाजिक उत्तरदायित्व अन्तर्गत बाणगंगा नगरका अति विपन्न तथा अशक्त परिवारलाई खाद्यान्न र सहायताका सामग्री वितरण गरेको छ ।
क्लवका सदस्य एम.इ.सि.पि. महेन्द्र भुसालले आफ्नी छोरी मोनिकाको जन्मदिनको अवसर पारेर बाणगंगा–१, उत्तमनगरकी अति विपन्न फूलकुमारी बोटेलाई नुन, तेल, चामल, अण्डा, दाललगायतका दैनिक उपभोग्य वस्तुहरूसँगै लगाउने लत्ताकपडा प्रदान गरेका हुन्। साथै बाणगंगा–११ निवासी शारीरिक रूपमा अशक्त लिला रणपाललाई व्हीलचेयर प्रदान गरिएको छ।

कार्यक्रमका संयोजक महेन्द्र भुसालले भने, “सामाजिक सेवामा सधैँ समर्पित लायन्स क्लबमार्फत आफ्नी छोरीको जन्मदिनलाई केही अर्थपूर्ण बनाउने सोचका साथ यस्तो सानो पहल गरेका हौँ । समाजका असहाय नागरिकलाई सहयोग गर्नु हाम्रो नैतिक जिम्मेवारी रहेको भुसालले बताउनु भएको थियो ।

क्लबका अध्यक्ष नारायण पौडेलले हामी लायन्सको नारा ‘We Serve’ लाई केवल शब्दमा होइन, कर्ममा पनि उतार्न प्रयत्नशील छौं। आज हामीले सहयोग गरेका दिदीबहिनीको अनुहारमा देखिएको आशा र कृतज्ञता नै हाम्रो प्रेरणाको स्रोत हो। समाजका हरेक पीडित नागरिकमा सेवा प्रवाह गर्न सके मात्र साँचो अर्थमा समावेशी समाज निर्माण हुन्छ। लायन्स क्लब यस्तै सेवा अभियानमा निरन्तर सक्रिय रहँदै सामाजिक रुपान्तरणमा सशक्त सहयात्री बन्ने अठोटका साथ अघि बढेको बताउनु भएको थियो ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. १ का कार्यबाहक वडा अध्यक्ष लक्ष्मीबहादुर खत्रीले सामाजिक संस्थाहरूको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै भने यस्ता सेवामूलक कार्यले समाजमा सकारात्मक सन्देश दिन्छ। व्यक्तिगत शुभ अवसरलाई सामूहिक हितमा बदल्नु प्रेरणादायी कार्य रहेको भन्दै प्रशासं गर्नुभएको थियो ।
उक्त कार्यक्रममा क्लबका पूर्वअध्यक्ष धातानन्द भुसाल, ओम प्रकाश घिमिरे, नवदत्त घिमिरेसहित लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम लायन्स क्लब अफ कपिलवस्तु वर्ष २०२५/२६ का अध्यक्ष नारायण पौडेलको अध्यक्षता, लायन्स उपाध्यक्ष गिरिराज कंडेलको स्वागत मन्तव्य, लायन महेन्द भुसालको संयोजन रहेको कार्यक्रम सचिव सन्दिप भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया