

शिवराज बस दुर्घटना अपटेड : गम्भीर घाइते चारमध्ये दुईको मृत्यु


कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ स्थित उमरीमा ग १ ख ९० १३ नम्बरको बसले लु १ ह ४१५४ नम्बरको अटोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका चार जनामध्ये दुईको मृत्यु भएको छ।
आइतबार राति साढे आठ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले बाटो क्रस गर्ने क्रममा अटोलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उमरीका ५० वर्षीय रितबहादुर सुनार र सोही पालिका वडा नम्बर ३ बलुवाकाकी १८ वर्षीया रविना रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटटाका प्रहरी निरीक्षक सुजन शाहले बताए।
दुवै जनाको उपचारका क्रममा सिटी अस्पतालमा भैरहवामा मृत्यु भएको हो। दुर्घटना घाइते भएका उमरीका पवित्रा सुनार तथा प्युठान घर भई बलुवा बस्ने १८ वर्षीय शक्ति भण्डारीको सिटी अस्पतालमा उपचार भइरहेको छ। बस र अटो चालक प्रहरी नियन्त्रणमा छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया