

कपिलवस्तुमा एकै वर्ष साढे ११ करोडको अवैध तस्करीका सामान बरामद





कपिलवस्तुमा सुरक्षा निकायले एक वर्षको अवधिमा साढे ११ करोड रुपैयाँभन्दा बढीको अवैध तस्करीका सामान बरामद गरेको छ। यसका साथै, स्रोत नखुलेको सवा करोडभन्दा बढी नगद समेत बरामद भएको छ।
जिल्ला प्रशासन कार्यालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८१/८२ को प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरी कुल ११ करोड ६७ लाख ५५ हजार रुपैयाँ बराबरको तस्करीका सामान बरामद गरेका हुन्।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले गत आर्थिक वर्षमा सीमा नाकामा कडाइ गरिएकाले बरामदको मात्रा बढेको बताए।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ४ करोड रुपैयाँले बढी हो। ‘भारतसँग ९३ किलोमिटर लामो खुला सीमा नाका जोडिएकाले तस्करी नियन्त्रण चुनौतीपूर्ण भए पनि सुरक्षा निकायले सन्तोषजनक काम गरेको छ,’ उनले भने।
नेपाल प्रहरीद्वारा ६ करोड ७५ लाखको बरामद
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टका अनुसार, नेपाल प्रहरीले मात्रै गत आर्थिक वर्षमा ६ करोड ७५ लाख ३५ हजार बराबरको सामान बरामद गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ४ करोड ४७ लाख १८ हजारको तुलनामा उल्लेख्य वृद्धि हो।
बरामद गरिएका सामग्रीमा २ करोड ३४ लाख बराबरका सवारी साधन, ९७ लाखको किराना सामान, १९ लाखको कपडा र विभिन्न पशुचौपाया तथा कृषिजन्य सामग्री छन्। विशेषगरी, प्रहरीले स्रोत नखुलेको १ करोड २६ लाख २१ हजार रुपैयाँ नगद समेत बरामद गरेको थियो।
सशस्त्र प्रहरीद्वारा ४ करोड ९२ लाखको बरामद
यस्तै, सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा ४ करोड ९२ लाख २० हजार बराबरको अवैध मालवस्तु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले जानकारी दिए। अघिल्लो आर्थिक वर्षमा सशस्त्र प्रहरीले २ करोड ६७ लाख ४१ हजारको सामान बरामद गरेको थियो।
बरामद गरिएका सामानमा सवारी साधन, लत्ताकपडा र किराना सामान प्रमुख छन्। सोही अवधिमा सशस्त्र प्रहरीले लागुऔषधसहित ४ जना र भारत छिर्न लागेका २ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको पनि उनले बताए।
प्रजिअ तामाङले गत आर्थिक वर्षमा भन्सार गस्ती टोलीको सक्रियता बढेकाले पनि तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार आएको धारणा राखे।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया