

अर्घाखाँची : २० जनाले पाए बाँदर र बँदेल धपाउने जागिर





दिइएको विवरण अनुसार समाचार आफ्नै शैलिमा तयार गर ।
अर्घाखाँचीमा बाँदर र बँदेललाई धपाउन २० जना कर्मचारी नियुक्त गरिएको छ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले जिल्लामा वन व्यवस्थापन कार्यमा सक्रिय रहेका र समूह कोषमा मौज्दात आय राम्रो भएका १० वटा सामुदायिक वन समूह सँगको सहकार्यमा बाँदर र बँदेल हेरालु भर्ना गरेको हो।
वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित गर्ने तथा मानव वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले बाँदर र बँदेल हेरालुका लागि २० जना कर्मचारी भर्ना गरिएको डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए।
उनीहरूलाई सोमबारदेखि नै बाँदर र बँदेलको धेरै आतंक देखिएका गाउँहरू पाली, किमडाँडा, बल्कोट, चिदिका, केरुङगा, अड्गुरी, खन, अर्घातोष, पोटुवाथुममा खटाइएको छ।
६ वटा स्थानीय तहका १० वटा क्षेत्रमा दुई(दुई जनाको दरले हेरालु राखिएको डिभिजनल वन अधिकृत श्रेष्ठले बताए। हेरालुले मासिक १० हजार रुपैयाँ पारिश्रमिकसहित सञ्चार खर्च पाउने छन्।
शितगंगा नगरपालिकामा वन व्यवस्थापनमा खटिएको १० वटा सामुदायिक वनले मासिक दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा रहने मकै, फर्सी, कांक्रा, सिमी, बोडी लगायतका अन्न र तरकारी बालीमा बाँदर र बँदेलको आतंक हुने भएकाले यसवर्ष परीक्षणको रूपमा हेरालु राखिएको हो।
डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले अन्नबाली जोगाउन विभिन्न उपाय अवलम्बन गरेपनि समाधान नभएपछि हेरालु कर्मचारी नियुक्त गरिएको बताए।
ती कर्मचारीलाई बाँदर र बँदेल धपाउन तालिम समेत दिइएको थियो। हेरालुहरूले आफूले दिनभरी गरेको कामको विवरण हरेक दिन डिभिजन वन कार्यालयमा पठाउन पनि निर्देशन गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए।
गाउँहरूबाट मानिसहरू बसाई सराई गर्ने क्रम बढेपछि खेतीयोग्य जमिनहरू बाँझो पल्टिने र रूख बिरूवा उम्रिएर झाडी बढ्न थालेपछि गाउँहरूमा बाँदर र बँदेलको आतंक बढ्दै गएको छ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया