

भैरहवामा ३७.२, काठमाडौंको तापक्रम ३० डिग्रीमाथि





पछिल्ला दिनका तुलनामा शनिबार (असार २८) तापक्रम केही बढेको छ । वर्षा भए पनि गर्मी महसुस गरिएको छ ।
यस दिन काठमाडौंको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा यो तापक्रम केही दिनयताको भन्दा बढी हो ।
शुक्रबार (असार २७) काठमाडौंको अधिकतम तापक्रम २९.५ डिग्री थियो । बिहीबार (असार २६) यहाँको तापक्रम २८.८ डिग्री मापन गरिएको थियो । त्यसको अघिल्लो दिन अर्थात् बुधबार (असार २५) काठमाडौंको अधिकतम तापक्रम २९.३ डिग्री थियो ।
गएको वैशाख ११ गते काठमाडौंको तापक्रम ३३.५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ । गत वर्ष काठमाडौंमा २५ वर्षयताकै गर्मी भएको थियो ।
महाशाखाले शनिबार सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ३७.२ डिग्री सेल्सियस छ । यस दिन जनकपुरको तापक्रम ३६.८, दिपायल, नेपालगन्ज र सिमराको समान ३६.५, धनगढी र विराटनगरको समान ३६.२, चन्द्रगढी एयरपोर्टको ३५.७ डिग्री मापन गरिएको छ । यी कतिपय स्थानमा यसै वर्ष योभन्दा बढी तापक्रम मापन भइसकेको छ ।
नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री तापक्रम पुगेको थियो ।
महाशाखाले हरेक दिन बिहान पौने ९ मा न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।



खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया