

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन


रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार तीन दिनअघि गएको सोमवारदेखि उनीहरु सम्पर्कविहीन भएका हुन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौं हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य र चन्द्र प्रकाश ओलीका साथै अरु कर्मचारी शिव कुमार वली र प्रदीप केसी सम्पर्कविहीन भएका अध्यक्ष मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकामा रातिको समयमा नेपाल टेलिकमको नेटवर्कमा समस्या हुने भएकाले सोमवार राति प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरले कार्यालयको भुक्तानी गर्न ओपीटी कोटको सहजताका लागि रुकुम पूर्वमा गई कामकाज गर्ने निर्णय गर्नुभएको थियो । तर, त्यहाँ गएका उनीहरू अहिलेसम्म सम्पर्कमा नआएको र खोजतलास गर्दासमेत नभेटिएको भन्दै गाउँपालिकाले कसैसँग जानकारी भए खबर गरिदिन आग्रह गरेको छ ।
उनीहरू सम्पर्कविहीन हुँदा कार्यालयको कामकाजमा समेत समस्या भएको गाउँपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।



खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया