
भूमिहीन सुकुम्वासीको दशकौंको पर्खाइमा आशाको झिल्को, कपिलवस्तुमा टोली परिचालन गरी नापजाँच सुरु

शुसील गैरे, कपिलवस्तु | कपिलवस्तु जिल्लाका भूमिहीन सुकुम्वासीको दशकौंको पर्खाइमा आशाको झिल्को देखिएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगले जिल्लाका पाँच स्थानीय तहमा सातवटा नापी टोली परिचालन गरी नापजाँचको कार्य प्रारम्भ गरेको छ।
आयोगका अनुसार कपिलवस्तु नगरपालिका–६ मा नापी कार्य अन्तिम चरणमा पुगेको छ भने बाणगंगा नगरपालिका–१० र ११, बुद्धभूमि नगरपालिका–६ र ७, शिवराज नगरपालिका–११ तथा विजयनगर गाउँपालिका–१ मा नापी टोली सक्रिय छन्। आयोगका जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले पालिका र प्रशासनसँगको समन्वयमा काम तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए। “हामी सकेसम्म चाँडै काम सक्ने तयारीमा छौं,” उनले बताए।
गत साता विजयनगर गाउँपालिका–१ को थरौलीमा नापी टोली पुगेपछि स्थानीयवासीहरू उत्साहित भएका छन्। करिब पाँच दशकदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई अब लालपुर्जा हात पार्ने आशा पलाएको छ।
गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाका अनुसार थरौलीमा मात्रै करिब १८ सय घरधुरी भूमिसम्बन्धी समस्याबाट पीडित छन्। आयोगका विज्ञ सदस्य मोहन केसी, जिल्ला सदस्य मञ्जु थारु र टोपबहादुर विकले नापी कार्य समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
स्थानीयहरूले नापी टोलीलाई स्वागत गर्दै अब सरकारले आफूहरूलाई कानुनी रूपमा जग्गाको अधिकार दिने विश्वास व्यक्त गरेका छन्।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया