

नारायणघाट–बुटबल सडक : वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध



: नवलपुर प्रहरीले नारायणघाट–बुटबल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न सबैसित अनुरोध गरेको छ । लगातारको वर्षापछि आएको बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पुर्याएको तथा दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखेलालगायत स्थानका सडक चिप्लो भई अघि बढ्न नसक्ने तथा चिप्लेर फसी आवागमनमा अवरोध भएको जनाएको छ ।
प्रहरीले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै सकेसम्म यो सडक भएर यात्रा नगर्न र वैकल्पिक मार्गको प्रयोग गर्न सबैसित अनुरोध गरेको हो । प्रहरीका अनुसार पूर्ववाट पश्चिम जाने ठुला सवारी साधन नारायणघाट–मुग्लिन–पोखरा–स्याङ्जा हुँदै बुटबल निस्कन सक्ने छन् ।
त्यस्तै, पश्चिमबाट पूर्व जाने ठुला सवारी साधनहरु बुटबल–स्याङ्जा–पोखरा–मुग्लिन हुँदै गन्तव्यमा जान सक्ने छन् । साना सवारी साधनको हकमा भने बाटोको अवस्था बुझेर कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट, पिपलडाँडा सडक खण्डबाट यात्रा गर्न सकिने प्रहरीले स्पष्ट पारेको छ । तर करिडोर पनि लगातारको वर्षाले ठाउँठाउँमा पहिरो र बाढीको जोखिम रहेको छ ।
बाढीले मङ्गलबारदेखि दुम्किवासस्थित विनयी खोलाको डाईभर्सन बगाएपछि दिनहुँजसो अवरोध भइरहेको छ । यो डाइभर्सन सात पटकसम्म खोलाले बगाउँदा आवागमन निक्कै कठिन भएको प्रहरीको भनाइ छ ।
त्यस्तै बुधबार दिउँसोदेखि दाउन्नेमा चिप्लो बाटोमा गाडी फस्दा निक्कै लामो जाम लागेको छ भने यात्रा कष्टकर भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया