
कृष्णनगरमा सांसद फारुकीद्वारा सांसद विकास काेषमार्फत १ कराेड बजेट विनियाेजन

इमरान खान कपिलवस्तु : कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका नेकपा एमालेका युवा नेता एवं संघीय सांसद सिराज अहमद फारुकी द्वारा २०८२/८३ को संघीय बजेटमा सांसदीय बिकास कोष मार्फत कपिलवस्तुको कृष्णनगरका लागी रु १ करोड रुपैयाँ बजेट विनियोजन गराएको प्रति कृतज्ञता व्यक्त गर्दै नईमिया नेपालले बिशेष कार्यक्रम गरी धन्यवाद र आभार कार्यक्रम सम्पन गरेको छ ।
नईमिया नेपाल समितिको आयोजनामा मंगलवार कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ स्थित संस्थाको कार्यालयको प्रांगणमा आयोजित उक्त कार्यक्रममा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता हाजी अकिल मियाँले एमालेका युवा नेता एवं संघीय सांसद सिराज फारुकीलाई खादामाला अर्पण गर्दै भव्य रुपमा स्वागत तथा अभार व्यक्त गरेका छन ।
कार्यक्रममा नईमिया नेपालका संरक्षक तथा निवर्तमान अध्यक्ष जामिया इस्लामिया नईमियां निमा विद्यालय हाजी अब्दुल कलाम खाँ, प्रस्तावित एम्बेसडर एवं एमाले युवा नेता मेराज खान, मौलाना जहीर नेपाली, अब्दुल रहमान हलवाई तथा कार्यक्रम सन्चालक समाजसेवी एवं युवा नेता अकरम पठान लगायतका स्थानीय अगुवाहरु, पदाधिकारीहरु तथा समुदायका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष तथा नेपाली कांग्रेसका नेता मियाँले सांसद सिराज फारुकी प्रति धन्यबाद ज्ञापन गर्दै उक्त बजेटले संस्थागत बिकास, स्थानीय पूर्वाधार सुदृढीकरण तथा सामुदायिक हितमा महत्वपुर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले बजेटको पारदर्शी र प्रभावकारी सदुपयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए ।
संघिय सांसद सिराज फारुकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित विशेष कार्यक्रमहरुलाई कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका क्षेत्रलाई नमुना क्षेत्रको रुपमा विकास गर्ने अठोट ब्यक्त गरे र साथै जनताहरुको साथ रहेयो भने आउने दिनहरुमा अझै पनि यस्ता समन्वय र सहकार्यलाई निरन्तरता दिँदै प्रतिबद्धता जनाएका थिए ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया