बाणगङ्गाका विद्यालयहरूमा ४ दिनको गर्मी विदा

बाणगङ्गा, कपिलवस्तु । तराई क्षेत्रमा बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्य तथा सिकाइमा नकारात्मक असर पर्न सक्ने देखिएको भन्दै बाणगङ्गा नगरपालिकाले आफ्ना क्षेत्रभित्र सञ्चालनमा रहेका सबै शैक्षिक संस्थाहरूलाई ४ दिनका लागि गर्मी विदा दिने निर्णय गरेको छ।

बाणगङ्गा नगरपालिका शिक्षा समितिको २०८२ साल जेठ २६ गते बसेको बैठकले उक्त निर्णय लिएको हो। समितिका अनुसार मिति २०८२ जेठ २७ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द रहनेछ। सो अवधीको विदा भने वर्षे विदाबाट कट्टा गरिने उल्लेख गरिएको छ।

नगरपालिकाका शाखा अधिकृत खिम बहादुर जि.सि.ले एक सूचना जारी गर्दै सबै सम्बन्धित शैक्षिक संस्थाहरूलाई निर्णयको जानकारी गराउँदै गर्मी विदालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्।

यश अघि यहाँका संस्थागत विद्यालयले पनि गर्मी विदा दिएका थिए ।

प्रतिक्रिया

खबर सबै