
यशोधरा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका घोषणा

कपिलवस्तु, यशोधरा — “पूर्ण खोप, सुरक्षित भविष्य” भन्ने मूल नाराका साथ कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिकाको रूपमा घोषणा गरिएको छ। राष्ट्रिय पूर्ण खोप सुनिश्चित निर्देशन २०७१ अनुसार सम्पूर्ण प्रक्रिया पूरा गर्दै, पालिकामा १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिना भित्र पाउनुपर्ने ११ प्रकारका रोगविरुद्धका सम्पूर्ण खोप लगाइसकेका छन्।
पालिकाका स्वास्थ्य संयोजक बिरेन्द्र मिश्राका अनुसार, खोप कार्यक्रममार्फत बालबालिकालाई डिप्थेरिया, टिटानस, खसरा, पोलियो, हिपाटाइटिस बी, लगायतका रोगहरूको रोकथामका लागि आवश्यक सम्पूर्ण खोप सुनिश्चित गरिएको छ।
कपिलवस्तु जिल्लाका विभिन्न पालिकाहरूमध्ये यशोधरा गाउँपालिकाले समग्र खोप कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरी उदाहरणीय उपलब्धि हासिल गरेको छ। यस अवसरमा आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला खोप समन्वय समितिका अध्यक्ष बाबुराम आचार्य थिए। कार्यक्रममा यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले खोप कार्यक्रमको सफल कार्यान्वयनमा स्थानीय सरकार, स्वास्थ्यकर्मी र आम जनताको सहकार्यले ठूलो भूमिका खेलेको बताए।
यस घोषणासँगै यशोधरा गाउँपालिका अब दिगो रूपमा सबै बालबालिकालाई समयमै खोप दिने प्रतिबद्धतासहित अगाडि बढ्ने भएको छ। यो उपलब्धिले सम्पूर्ण पालिकाको स्वास्थ्य क्षेत्रमै नयाँ उचाइ थपेको छ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया