

बुटवलको होराइजन चोकमा आमासहित २ बच्चाको विभत्स हत्या





बुटवल उपमहानगरपालिका ११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको विभत्स हत्या भएको छ । ईलका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलिजुली पथमा महिलाको हत्या भएको हो ।
उनीहरुलाई घरेलु हतियार हथौडा र चक्कु प्रहार गरी हत्या गरेको स्थानीयको भनाई छ । ३१ वर्षीया दिपा बस्याल र उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्याल रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०/३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको घटना उपस्थित स्थानीयले बताएका छन् । डिभोर्स भएर अर्कैसँग बिवाह गरि गएकी पूर्व श्रीमतिलाई पुर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजि ४ बजेतिर घटना घटाएको प्रहरीको भनाई छ । उनीहरुबीच करिब ८/१० वर्ष पहिलेनै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यद्यपी घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया