

भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले थाल्यो जवाफी कारबाही





भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले जवाफी कारबाही थालेको छ । पाकिस्तानी सेनाले भारतविरुद्ध बदला लिने उद्देश्यले प्रतिआक्रमण शुरू गरेको बताएको छ ।
पाकिस्तानी सेनाको जनसम्पर्क विभागले यसलाई ‘बुनयान–उल–मरसूस’ को नाम दिएको बीबीसीले जनाएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले एक टेलिभिजन कार्यक्रममार्फत भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरे पनि सबै वायुसेना संरचनाहरू सुरक्षित रहेको दाबी गर्नुभएको छ ।
उहाँका अनुसार भारतले रावलपिन्डीको नूर खान एअरबेस, चकवाल शहरको मुरीद एअरबेस र झांग जिल्लाको रफीकी एअरबेसमा आक्रमण गरेको हो ।
यसअघि भारतीय विमानस्थल प्राधिकरणले देशको उत्तर र पश्चिममा रहेका २४ भन्दा धेरै विमानस्थलको उडान स्थगित गरिसकेको छ ।
जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको १५ दिन पछि भारतले मङ्गलवारको मध्यरात कश्मीरमा रहेका ९ क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।
जसलाई भारतले ‘अपरेशन सिन्दूर’ भनेको थियो । त्यसयता भारत र पाकिस्तानबीच लगातारजसो आक्रमणका घटना भइरहेका छन् ।
पाकिस्तानले गरेको प्रतिआक्रमण घोषणालाई भारतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया