

‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई





सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए ।
कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।
विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे ।
फिनाले समारोहमा ‘भ्वाइस’को सिजन ३ का विजेता किरण गजमेरले आफ्नो मौलिक गीतमा प्रस्तुति दिए । उनले मेलिना राईसँग कुनैबेलाको हिट गीत ‘छपक्कै फूल फुल्यो बाटोमै’मा सानदार प्रस्तुति दिए ।
कोच राजुले प्रमेशसँग बहुचर्चित गीत ‘बादल पारीको देशबाट’मा प्रस्तुति दिए । कोच खेमले प्रशेषसँग ‘रम रम मरौटी’मा प्रस्तुति दिए । कोच सोताङले अर्पणासँग गीत गाए । फिनालेअघि नै बाहिरिएकी इन्द्रकला राईले पनि प्रस्तुति दिएकी थिइन् ।
२ महिनादेखि हिमालय टिभीमा प्रसारण हुँदै आएको भ्वाइसको छैटौं सिजन निकै चर्चित पनि रह्यो । यो सिजनमा पहिलोपटक लोकसंगीतलाई प्रतिनिधित्व गर्दै चर्चित लोकगायक खेम सेन्चुरी कोचको रुपमा सहभागी रहे । यो सिजनमा सर्वाधिक चारै कुर्सी घुम्नेको कीर्तिमान पनि रह्यो ।
हिमालय टिभीले लगत्तै भ्वाइसको किड्स संस्करण सुरुवात गर्दैछ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया