

भारतको किट कलेजमा मृत भेटिइन् अर्की नेपाली छात्रा





भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थी छात्रा मृत फेला परेकी छन् ।
बिहीबार साँझ नेपाली विद्यार्थी कलेजको होस्टलमै मृत फेला परेको त्यहीँ अध्ययनरत एक विद्यार्थीले बताए । छात्रा पर्साको वीरगन्ज निवासी भएको बताइएको छ । उनी स्नातक प्रथम वर्षमा अध्ययनरत रहेको नेपाली विद्यार्थीहरूको भनाइ छ । केही महिनाअघि बुटवलकी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा मृत्यु भएको थियो ।
उनले उक्त विश्वविद्यालयको होस्टलमा आत्महत्या गरेपछि विश्वविद्यालयबाट भएको व्यवहारको नेपाल र भारतमा समेत चर्को विरोध भएको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया