

शिक्षक आन्दोलनमा नारा- ओइ सरकार ओइ, शिक्षा मन्त्री खोइ ?



काठमाडौं | नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले मंगलबार पनि काठमाडौंकेन्द्रित आन्दोलन गरेका छन्।
काठमाडौंको माइतीघर-बबरमहल क्षेत्रका सडकमा भेला भएर शिक्षकहरूले सरकारविरूद्ध नाराबाजी पनि गरेका छन्।
‘ओइ सरकार ओइ, शिक्षा मन्त्री खोइ?, व्यापारी सरकार होसियार, शैक्षिक माफिया होसियार, देशभरबाट आइया’छ, शिक्षा ऐन चाहिया’छ’ जस्ता नारा लगाउँदै शिक्षकहरूले प्रदर्शन गरेका हुन्।
उनीहरूले आन्दोलन जारी राख्ने, सडक नछाड्ने र विद्यालय शिक्षा ऐन नलिई विद्यालय नफर्किने भन्दै प्रदर्शन गरेका हुन्। शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्।
यसबीच सोमबार शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। आन्दोलनरत शिक्षकहरूले शिक्षा मन्त्री खोइ भन्दै प्रदर्शनसमेत गरेका हुन्।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पनि आन्दोलन जारी रहने बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेसँगै उनले माग पूरा नभइ शिक्षकहरू विद्यालय नफर्किने बताएका हुन्।
सरकारले निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। महासंघका अध्यक्ष सुवेदीले परीक्षामा निजामती कर्मचारी परिचालन गर्ने हो भने उत्तरपुस्तिका पनि उनीहरूबाटै परीक्षण गराउन चुनौती दिएका छन्।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया