

कपिलवस्तु प्रहरीको एक महिने निगरानीबाट पक्राउ परेका थिए यी दुई लागुऔषध कारोबारी


कपिलवस्तु | भारतबाट आएर नेपालमा ब्राउन सुगरको अबैध कारोबार गर्ने मुख्य डिलर मध्यका एक जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ।
भारतको उत्तर प्रदेश बहराईचका ३२ वर्षीय अमित पोरवाला पक्राउ परेका छन्। वैशाख ४ गते राति पौंने ११ बजेतिर उनी बाणगंगा नगरपालिका – ४ दरखास्तस्थित सार्वजनिक प्रतिक्षालयबाट पक्राउ परेका हुन्।
पोरवाला संगै बर्दियाको गुलरिया नगरपालिका – ७ का ३० वर्षीय विशाल गुप्तापनि पक्राउ परेका थिए।
कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार उनीहरुको साथबाट १०२ ग्राम ८० मिली ग्राम ब्राउन सुगर बरामद भएको थियो।
डिएसपी अधिकारीले भारतीय नागरिक पोरवाला विगतदेखि नै भारतबाट ब्राउन सुगर नेपालका विभिन्न जिल्लामा ल्याइ त्यसको अवैध कारोबारो गर्दै आएका मुख्य डिलरमध्येका हुन्।
उनले नेपालका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, बुटवलदेखि काठमाडौंसम्म अवैध रुपमा ब्राउन सुगरको कारोबारो गर्दै आएको प्रहरी बताउँछ।
‘हामीले लामो अनुसन्धान र प्रयासबाट भारतीय एक डिलरलाई पक्राउ गर्न सफल भएका हौं,’ डिएसपी अधिकारीले भने ‘ उस्लाई पक्राउ गर्न प्रहरीले धेरै मेहनत र समय पर्खिनु परेको थियो।’
उनका अनुसार झन्डै एक महिना दिन पिछा गरेर मुख्य डिलर भनेर चिनिएका भारतीय नागरिक पोरवालालाई पक्राउ गर्न सफल भएको उनले बताए। प्रतिक्षालयमा रोकी राखेको भे १२ प १७८७ नम्बरको मोटरसाइकलपनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।


खबर सबै
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग






प्रतिक्रिया