
जनतासँग माओवादी तराई-मधेस जागरण अभियान: बिहीबार कपिलवस्तु आउदै ‘प्रचण्ड’

भगवती न्यौपाने, कपिलवस्तु | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पूर्व–पश्चिम हुलाकी लोकमार्ग केन्द्रित “जनतासँग माओवादी तराई–मधेस जागरण अभियान“ सुरु गरेको छ। नयाँ वर्ष २०८२ सालको पहिलो दिन (सोमबार) बाट सुरु भएको अभियान अहिले विभिन्न जिल्लामा सञ्चालित छ ।
पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को नेतृत्वमा सञ्चालित अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड स्वयम् भोलि बिहीबार कपिलवस्तु जिल्ला आउने कार्यक्रम रहेको माओवादी केन्द्र कपिलवस्तुका इन्चार्ज रुद्रलाल बन्जाडेले जानकारी दिनुभयो। बिहीबार अध्यक्ष प्रचण्डले लवनीस्थित कन्या कलेजमा छात्रासँग भेटघाट, तौलिहवामा पार्टी प्रवेश कार्यक्रम सँगै अन्तरक्रिया तथा बादुरगञ्जमा एक भव्य जनसभा सम्वोधन गर्नुहुनेछ।
जिल्लाका विभिन्न स्थानहरूको अवलोकन समेत गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष विष्णु बेल्बासेले जानकारी दिनुभयो । कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डसहित केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको सहभागिता रहनेछ। अभियानलाई भव्य रूपमा सफल पार्न सबै तयारी पूरा गरिएको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ ।
यसैबीच, अध्यक्ष प्रचण्डले वाणगंगा नगरपालिका वडा नम्बर ८ मा राति बसोबास गर्ने र शुक्रबार बिहान चारनम्बर जितपुर नम्बर क्षेत्रबाट सुरु गर्दै गजेहडा सम्मको क्षेत्रमा ’मनिकवाक’ गर्ने कार्यक्रम रहेको पार्टीका नगर अध्यक्ष टेकेन्द्र क्षेत्री र वडा कमिटी अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया