
जनतासँग माओवादी तराई-मधेस जागरण अभियान: बिहीबार कपिलवस्तु आउदै ‘प्रचण्ड’




भगवती न्यौपाने, कपिलवस्तु | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पूर्व–पश्चिम हुलाकी लोकमार्ग केन्द्रित “जनतासँग माओवादी तराई–मधेस जागरण अभियान“ सुरु गरेको छ। नयाँ वर्ष २०८२ सालको पहिलो दिन (सोमबार) बाट सुरु भएको अभियान अहिले विभिन्न जिल्लामा सञ्चालित छ ।
पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को नेतृत्वमा सञ्चालित अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड स्वयम् भोलि बिहीबार कपिलवस्तु जिल्ला आउने कार्यक्रम रहेको माओवादी केन्द्र कपिलवस्तुका इन्चार्ज रुद्रलाल बन्जाडेले जानकारी दिनुभयो। बिहीबार अध्यक्ष प्रचण्डले लवनीस्थित कन्या कलेजमा छात्रासँग भेटघाट, तौलिहवामा पार्टी प्रवेश कार्यक्रम सँगै अन्तरक्रिया तथा बादुरगञ्जमा एक भव्य जनसभा सम्वोधन गर्नुहुनेछ।
जिल्लाका विभिन्न स्थानहरूको अवलोकन समेत गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष विष्णु बेल्बासेले जानकारी दिनुभयो । कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्डसहित केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको सहभागिता रहनेछ। अभियानलाई भव्य रूपमा सफल पार्न सबै तयारी पूरा गरिएको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ ।
यसैबीच, अध्यक्ष प्रचण्डले वाणगंगा नगरपालिका वडा नम्बर ८ मा राति बसोबास गर्ने र शुक्रबार बिहान चारनम्बर जितपुर नम्बर क्षेत्रबाट सुरु गर्दै गजेहडा सम्मको क्षेत्रमा ’मनिकवाक’ गर्ने कार्यक्रम रहेको पार्टीका नगर अध्यक्ष टेकेन्द्र क्षेत्री र वडा कमिटी अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया