
भलवाडका रायमाझी परिवारद्धारा विद्यालयमा अक्षयकोष स्थापना

साझाकुरा, भलवाड | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित एक रायमाझी परिवारले विद्यालयमा एक लाख बढी रकमको अक्षयकोष स्थापना गरेका छन् । बाणगंगा ९ निवासी धुव्रबहादुर रायमाझीका परिवारले जिनुवा स्थित शुद्धोदन जनजीवन माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन ।
रायमाझी परिवारले विद्यालयले मनाइरहेको स्वर्ण महोत्सवको समापन कार्यक्रमका अवसरमा उक्त अक्षयकोषको घोषणा गरेका थिए । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति दिने उद्देश्य सहित रायमाझी परिवारले तुल्सीदेवी तथा खिम बहादुर रायमाझी प्रतिष्ठानबाट एक लाख एक हजार एकसय एघार रकमको अक्षयकोष स्थापना गरेका हुन ।
आफ्ना आमा र बुवाको नामबाट स्थापित अक्षयकोष स्थापना गर्दै उनले आफ्नो परिवारबाट दिदी तारा रायमाझी, निर्मला रायमाझी र आफुले सहित तथा भाई बसन्त रायमाझीले पनि अध्ययन गरेको विद्यालय भएकाले विद्यालयको एउटा खुसीको दिनमा अक्षयकोष स्थापना गर्ने अवसर मिलेको धुव्र रायमाझीले बताए ।
यो अक्षयकोषबाट विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष केहि सहयोग होस भनेर प्रतिष्ठानको नामबाट अक्षयकोष राख्न पाउदा गौरवको अनुभव भएको उनले बताए ।
उक्त अक्षयकोषको रकम रायमाझी परिवारले विद्यालयका प्रधानाध्यापक अनिता कडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थमनसिंह थापालाई हस्तान्त्रण गरिएको थियो भने अक्षयकोष दाता तुल्सादेवी रायमाझी र खिम बहादुर रायमाझीलाई दोसल्ला ओढाइ सम्मान समेत गरेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया