कपिलवस्तुमा भीषण आगलागी, चार घरगाेठ जलेर नष्ट

कपिलवस्तुमा भीषण आगलागी, चार घरगोठ र दर्जनौं बाली नष्ट

कपिलवस्तु, विजयनगर गाउँपालिका–६ सेमरी चाफामा भीषण आगलागी भएको छ। समयमाई सामुदायिक वनमा लागेको आगो एक्कासी बस्तीमा पसेपछि ठूलो क्षति भएको वडा अध्यक्ष प्रेम बहादुर कलवारले जानकारी दिनुभएको छ।

दिउसाे करिब १२:३० बजे सुरु भएको आगलागीले चार घरगोठ पूर्णरूपमा नष्ट गरेको छ भने १२ कट्ठा भन्दा बढी गहुँबाली जलेर नष्ट भएका छन्। आगोका कारण २० भन्दा बढी कुखुरा, ८० भन्दा बढी चल्ला तथा एउटा बाख्रा समेत जलेका छन्।

आगलागी नियन्त्रणका लागि शिवाराज नगरपालिका र कृष्णनगर नगरपालिकाका दमकल परिचालन गरिएको थियो। साथै, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा करिब तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

आगोलागीको कारण र थप क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ। स्थानीय प्रशासनले पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

खबर सबै