

एक हप्तामा कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाडिदिन्छु : बालेन





काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले सरकारकै दम्भका कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको बताएका छन् ।
‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’ मेयर शाहले भनेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !’
उनले दलका नेताप्रति भएका संकेत गर्दै भनेका छन्, ‘त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो !’



खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया