

प्युठानका तीनमध्ये अनेरास्ववियु एक र गठबन्धन दुई क्याम्पसमा विजयी

रुपन्देही । प्यूठानका ३ वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणामअनुसार एकमा अनेरास्ववियुले एकल जितेको छ भने दुई मा अन्य संगठनको गठबन्धनले जितेको छ ।
जिल्लाका पाँच क्याम्पसमध्ये झिमरुक क्याम्पस बाग्दुलामा अखिल समाजवादीका कमल रोका क्षेत्रीको नेतृत्व सर्वसम्मत चयन गरिएको थियो भने, स्वर्गद्वारी क्याम्पसको निर्वाचन स्थगित भएको छ।
जिल्लाको गौमुखी र प्यूठान क्याम्पसमा संयुक्त प्यानल र अमर क्याम्पस भिङ्रीमा अनेरास्ववियुले विजयी हासिल गरेको छ।
अमर क्याम्पस भिङ्रीको स्ववियु निर्वाचनमा चार संगठनको गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले निकट अनेरास्ववियुका जीवन रोका मगर स्ववियु सभापति पदमा विजयी भएका छन्।
उनले नेपाल विद्यार्थी संघका उम्मेदवार राजेश बुढाथोकीलाई ३ मतको अन्तरले पराजित गरे। जीवनले १२१ मत प्राप्त गरे भने राजेशले ११८ मत पाए। कुल ३६० मतदाता रहेकोमा यहाँ २४५ मत मात्र खसेको थियो।
प्यूठान क्याम्पस खलंगामा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका प्रमोद ओली सभापति पदमा विजयी भएका छन्। ओलीले अनेरास्ववियुका रुद्रमणी भुसाललाई १२ मतको अन्तरले पराजित गरे। ओलीले ४६ र भुसालले ३४ मत प्राप्त गरे। १०५ विद्यार्थी मध्ये ८० मत खसेको थियो।
गौमुखी क्याम्पस मच्छीमा पनि संयुक्त प्यानलबाट राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका प्रवीण जिसी सभापति पदमा विजयी भएका छन्। उनले अनेरास्ववियुकी स्नेहा केसीलाई ७३ मतको अन्तरले हराए। कूल २४१ मतमध्ये २३८ मत सदर र ३ मत बदर भएका थिए।


खबर सबै
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी









प्रतिक्रिया