लायन्स क्लव अफ कपिलवस्तु वर्ष २०२५/२६ नेतृत्वमा नारायण पौडेल

साझाकुरा | लायन्स क्लव अफ कपिलवस्तुले पाल्पाबाट कन्भेन्सन मार्फत आगामी नेतृत्व चयन गरेको छ । लायन्स वर्ष २०२४/०२५ का लागि अध्यक्ष नवदत्त घिमिरे हुन । उनको कार्यावधि अझै तीन महिना बाँकी रहँदै लायन्स कपिलवस्तुले आगामी वर्ष २०२५र२६ लागि अधिवेशन गरेको हो । वर्ष २०२५र२६ का लागि नारायण पौडेल नेतृत्वमा आएका छन् ।

लायन्स क्लव अफ कपिलवस्तुको नेतृत्वमा युवा व्यवसायी समेत रहेका पौडेलले पाएका छन भने उनको नेतृत्वमा नयाँ लायन्स कार्यसमितिका विभिन्न पदीय जिम्मेवारीसहितको पदाधिकारी टिम तयार भएको लायन्स कपिलवस्तुका मिडिया कोडिनेटर नवराज बेल्वासेले जानकारी दिएका छन् ।

लायन्स वर्ष २०२५/२६ का लागि अध्यक्षमा नारायण पौडेलसहित प्रथम उपाध्यक्ष सुमन क्षेत्री, द्धितीय उपाध्यक्ष सागर घिमिरे, तृतीय उपाध्यक्ष शान्तराज गैरे, चौथो उपाध्यक्षमा, विश्वराज खनाल, पाँचौ उपाध्यक्षमा गिरीराज कंडेल रहेका छन् । यस्तै कोषाध्यक्षमा मनोज पौडेल चयन भए भने सचिवमा सन्दिप भट्टराईले जिम्मेवारी प्राप्त गरेका छन् । लायन्स कपिलवस्तुका पुर्व अध्यक्ष ओमप्रकाश घिमिरे संयोजक तथा सुरेन्द्र घिमिरे धातानन्द भुसाल, कृष्ण के.सी र रामशुभागे थारु सदस्य रहेको निर्वाचन मण्डलले लायन्स कपिलवस्तुको नयाँ नेतृत्वका लागि निर्वाचन गराएको हो ।
कार्यक्रममा लायन्स कपिलवस्तुका सदस्यहरुको सहभागिता रहेको थियो ।उक्त कार्यक्रमको संचालन दामोदर पन्थीले गरेका थिए ।

पाल्पाको शित्तल फर्ममा आयोजित कार्यक्रममा लायन्स कपिलवस्तु वर्ष २०२४/०२५ का अध्यक्ष नवदत्त घिरिमेको अध्यक्षतासहित डिस्ट्रिक ३२५ पि का प्रथम गर्भनर बालाराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै