नियमित सडक बत्तीको महशुल बुझाउने लुम्बिनीका १३ पालिकाले पाए सम्मान

बुटवल । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको महसूल बक्यौता तिर्ने लुम्बिनी प्रदेशअन्तर्गतका पालिकाहरूलाई सम्मान गरेको छ ।

सडक बत्तीको नियमित रूपमा महसूल र लामो समयदेखिको बक्यौता तिर्ने लुम्बिनी प्रादेशिक कार्यालय बुटवल मातहतका वितरण केन्द्रका क्षेत्रभित्रका नगरपालिका र गाउँपालिकालाई सम्मान गरेको प्राधिकरणले जनाएको छ ।

बुटवलमा विशेष कार्यक्रमका बीच प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाँच वटा गाउँपालिका र आठ वटा नगरपालिकालाई प्रशंसापत्र प्रदान गर्नुभएको हो । सम्मानित हुनेहरूमा ओमसतिया, सियारी, प्रतावपुर, सरावल र सुस्ता गाउँपालिका छन् । त्यस्तै सिद्धार्थनगर, रामग्राम, बर्दघाट, तिलोत्तमा, कपिलवस्तु, सन्धिखर्क, भूमिकास्थान र रेसुङ्गा नगरपालिका पनि सम्मानित भएका छन् ।

यी सबै पालिकाले लामो समयको सबै बक्यौता भुक्तानी गरी अहिले नियमित महसूल तिरिरहेका छन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले तराईका खेतमा बिजुली पुर्‍याएर सिँचाइमार्फत उब्जनी बढाउने उद्देश्यका साथ पालिकाहरूसँग समन्वय गरी सस्तो दरमा बिजुली उपलब्ध गराउने व्यवस्था गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै