

अर्घाखाँचीमा जबर्जस्ती करणी गरी फरार रहेका एक वृद्ध पक्राउ


अर्घाखाँचीमा महिलालाई जबरजस्ती करणी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिका वडा न. १२ कल्लाबोटका ६३ वर्षीय गोबिन्दप्रसाद बस्याल अशक्त र बौद्धिक अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वर्षपछि पक्राउ परेका हुन्।
प्रहरीका अनुसार बस्यालले २०८० साल माघ १९ गते ती महिलालाई जबरजस्ती करणी गरी फरार रहेका थिए। उनलाई गत फागुन १८ गते सन्धिखर्क– १ बाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार पीडित महिला गर्भवती भएपछि परिवारले सोधीखोजी गर्दै जाँदा बस्यालले पटकपटक जबरजस्ती करणी गर्दै आएको र सोही क्रममा गर्भवती भएको भन्दै गत जेठ ३२ गते प्रहरीमा उजुरी दिएका थिए।
पीडित महिला र परिवारको उजुरीपछि आरोपित बस्याल फरार रहेको कारण पक्राउ पर्न सकेका थिएनन्। उनको खोजी गर्दै जाँदा यही फागुन १८ गते पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जबरजस्ती करणीबाट गर्भवती बनेकी महिलाले गत कात्तिक २८ गते छोरालाई जन्म दिएकी छन्।
प्रहरीले पक्राउ परेका बस्याललाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को करणीसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।
यस्तै, जिल्ला अदालत अर्घाखाँचीबाट जबरजस्ती करणी तथा बाल विवाह मुद्दामा सजाय तोकिएका दुई जना ६ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पक्राउ पर्नेहरूमा प्यूठानको झिमरूक गाउँपालिका वडा न. १ की २९ वर्षीय बसन्ता केसी र २७ वर्षीय रेखा केसी रहेका छन्।
घटना विवरण अनुसार पक्राउ परेका दुबै जनाले २०७४ साल चैत २६ गते स्थानीय १४ वर्षीय किशोरीलाई विभिन्न प्रलोभन देखाई अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ९ का लोकेन्द्र भुसालसँग रागामारे मन्दिरमा लगेर विवाह गराइदिएका थिए।
विवाहपछि भुसालले किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
भुसालले किशोरीसँग विवाह गरी जबरजस्ती करणी गरेको र बसन्ता र रेखा केसीले मतियारको भूमिका खेलेको भन्दै उनीहरूविरूद्ध जिल्ला अदालतले २०७५ माघ ८ गते जबरजस्ती करणी तथा बाल विवाहसम्बन्धी मुद्दामा जनही २/२ महिना सजाय तोकेको थियो।
भुसाललाई भने जबरजस्ती करणी मुद्दामा जनही ६ वर्ष र बालविवाह मुद्दामा २ वर्ष २ महिना गरी ८ वर्ष २ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको उक्त आदेशपछि उनले जिल्ला कारागार अर्घाखाँचीमा कैद भुक्तान गरिरहेका छन्।
फरार रहेका बसन्ता र रेखालाई सन्धिखर्क– १ शान्ति बगैंचाबाट पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया