

मानवीय सेवामा लुम्बिनी भिजन कलेज – (फोटो सहित)


पवनराज पाण्डे, कपिलवस्तु ।
कपिलवस्तुको लुम्बिनी भिजन कलेजमा रक्तदान कार्यक्रम गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा लुम्बिनी भिजन कलेजको आयोजना गरिएको एक दिने रक्तदान कार्यक्रममा ३३ पोइन्ट रगत संकलन भएको छ ।
कलेजको आयोजनामा संचालित रक्तदानमा सहयोगी संस्थाको रुपमा नेपाल रेडक्रश सोसाइटी उप–शाखा बाणगंगा, कपिलवस्तुको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा ३३ पोइन्ट रगत संक्कलन भएको लुम्बिनी भिजन कलेजको क्याम्पस प्रमुख सुन्दर पाण्डेले जानकारी दिनु भयो । उनका अनुसार विद्यार्थीहरुलाई नियमित रक्तदानको महत्व र यसको फाइदा बारे बुझ्न अति आवश्यक रहेको उनले जानकारी दिनु भयो र कार्यक्रम उत्साहजनक रहेको जनाइएको छ ।
कार्यक्रममा कलेजको प्रबन्ध निर्देशक युवराज पोख्रल, प्रमुख कार्यकारी अधिकृत कृष्ण के.सी. र नेपाल रेडक्रश सोसाइटी उप–शाखा बाणगंगा (रक्त सञ्चार सेवा केन्द्र), कपिलवस्तुका अध्यक्ष शंकर पाण्डेको विशेष आतिथ्यता रहेको कार्यक्रममा रक्तदान जीवन दान भन्ने मानवीय मर्मलाई स्थापित गराउन विद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।
लुम्बिनी भिजन कलेजको द्वारा आयोजित कार्यक्रमको संयोजक सहायक क्याम्पस प्रमुख मनोज कुमार खत्री हुनुहुन्थ्यो भने सागर बन्जाडे र विशाल सुवेदीको संचालनमा सम्पन्न भएको हो ।

















| के तपाइलाई थाहा छ ? नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रूपमा मनाउन लागेको हो। २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात् ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए। निर्वाचन दिवस कहिलेबाट मनाउन थालियो ? २०७३ साल बाट निर्वाचन दिवस मनाउन थालिएको हो, वर्ष २०८१ चाहिँ निर्वाचन दिवसको नवौं संस्करण हो । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको स्मरण गर्दै यस वर्षको निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन लागिएको हो । यस वर्ष भएका नेपाली निर्वाचनहरूको प्रभाव र प्रजातन्त्रको सुनिश्चितताको अभ्यासका साथ यस पटक निर्वाचन दिवस’ मनाइँदै छ । आजका दिन निर्वाचन आयोगको नेतृत्वमा विभिन्न कार्यक्रम र पैरवीहरू गर्दै यस दिवस मनाइन्छ । विशेषतः मतदाता शिक्षा र निष्पक्ष मतदानको पैरवी गर्दै देशेभर विभिन्न अभियान र कार्यक्रमहरू गरिन्छ । |


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया