

दाङमा आधा किलो सुनसहित एक जना पक्राउ


आधा किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१५ मिलन चोकका २५ वर्षीय रन्जित रसाइली छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दाङको टोली गत शुक्रबार साँझ ६ बजेतिर पक्राउ गरेको हो ।
उनीबाट दुई थान सिक्री र एक थान सुनको डल्ला गरी ४९७.०४ ग्राम सुन बराबद गरिएको दाङका डीएसपी चक्रबहादुर शाहले बताए ।
उनले मोटरसाइकल प्रयोग गरी अवैध सुन ओसारपसार गरेको सूचना प्रहरीले पाएको थियो । त्यसपछि उनी सवार लु ४६ प ६१६१ नमबरको मोटरसाइकलमा सवार उनलाई तलासी गर्दा उक्त सुन फेला परेको हो ।
यसका साथै उनीबाट १ लाख ७ हजार ८ सय रुपैयाँ पनि बरामद भएको छ ।


खबर सबै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार






प्रतिक्रिया