

प्रधानमन्त्री ओलीद्वारा भर्चुअल रुपमा सिद्वबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’



बुटवल । सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको छ। प्रधामन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा सिद्धार्थ राजमार्गको सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन्।
१ किलोमिटर ८९ मिटर लम्बाइको सुरुङमार्ग छिचोलिएको हो। ३ वटा बाइपास यसअघि नै छिचोलिसकिएको थियो।
सुरुङमार्ग दक्षिण र पूर्वबाट खनेर पूरा गरिएको छ। ब्लास्टिङ विधिबाट सुरुङमार्ग छेदन गरिएको आयोजनाले जनाएको छ।
२०७८ जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी उक्त सुरुङमार्गको ठेक्का लगाएको थियो।
सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोडमा ठेक्का लिएको थियो।
आयोजनाका अनुसार सुरुङमार्ग ब्रेक थ्रु भए पनि गाडी कुद्न अझै एक वर्ष बढी लाग्नेछ।
सुरुङमार्गको कुल भौतिक प्रगति ४०.१८ प्रतिशत हुँदा वित्तीय प्रगति ३९.९० प्रतिशत छ। सुरुङमार्गको काम २०८३ सालमा सक्ने योजना छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया