

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन तयारी प्रति नेविसंघ CTEVT द्धारा आपत्ति प्रकट




कात्तिक १९ कपिलवस्तु
लुम्बिनी प्रदेश सरकारले प्राविधिक शिक्षालयका विद्यार्थीलाई विस्थाफित गरी प्रदेशका भौतिक पूर्वाधार स्थापित गर्न खोजेको भन्दै नेविसंघ CTEVT केन्द्रीय समितिले आपत्ति प्रकट गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले प्राबिधिक जनशक्ति उत्पादन गर्ने राप्ती प्राबिधिक शिक्षालय र त्यहाँ रहेका पुर्वधार माथी प्रदेशको सातौँ अधिवेशन (हिउँदे अधिवेशन) संचालनका लागि आँखा गाडेकोमा समितिले एक विज्ञप्ति निकाल्दै आपत्ति प्रकट गरेको हो ।
दुई दशक बढी पुरानो शिक्षालयलाई बिस्थापित गर्ने योजनाले त्यहाँका करिब ११ सय विद्यार्थीहरुको भबिष्य माथि खेलबाड हुने कुरा खेदपुर्ण रहेको छ । जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारको सो निर्णय तुरुन्त खारेज गरि प्रदेश सरकारको हिउँदे अधिवेशनलाई अन्य कुनै ठाउँमा सार्न पनि नेविसंघ CTEVT केन्द्रिय समन्वय समितिले आग्रह पनि गरेको छ । समितिका केन्द्रिय सह संयोजक शशिन्द्र मोहन राजद्धारा जारी विज्ञप्तिमा राजनितिक प्रयोगका लागि शिक्षाजगतका कुनैपनि पूर्वाधार प्रयोग गर्न नहुने पनि उल्लेख गरिएको छ ।
यता लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी स्थल देउखुरीबाट प्रदेशको हिउँदे अधिवेशन संचालन गर्ने तयारी स्वरुप भौतिक संरचनाहरुको खोजी र अनुगमनलाई तिव्रता दिएको छ ।



खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया