शुद्धोदन मा.वि जिनुवामा स्वर्ण महोत्सव : यसरी थालियो तयारी

जिनुवा | कपिलवस्तुको बाणगंगा ९ जिनवामा अवस्थित शुद्धोदन जन जिवन माध्यमिक विद्यालयले आफ्नो स्थापनाको स्वर्ण महोत्सव मनाउन विभिन्न समिति तथा उपसमितिका पदाधिकारीहरुलाई मुल आयोजक समितिको बैठकले अनुमोदन गरेको छ । विद्यालयमा बसेको बैठकले विद्यालयको स्वर्ण महोत्सवका लागि राय सुझाव सङ्कलन तथा वृहत अन्तरक्रिया कार्यक्रम समेत गरी आउँदो चैत्र महिनामा विद्यालयको स्वार्ण महोत्सव आयोजना गर्ने तय गरेको हो भने त्यसका लागि विभिन्न उप समितिहरु गठन समेत गरेको हो ।
आर्थिक व्यवस्थापन उप समिति, विद्यालयको स्मारिका लेखन उप समिति, प्रचार प्रसार उप समिति, पुर्व विद्यार्थी तथा शिक्षक उप समिति, अतिथि सत्कार उप समिति, मनोरञ्जन तथा मञ्च व्यवस्थापन उपसमिति लगाएतका उपसमितिहरु गठन भएका छन् ।
आयोजित भेला तथा बैठकमा सहभागिहरुले विद्यालयको स्वर्ण महोत्सवलाई सभ्य र भव्य बनाउनुका साथै स्थापनाकाल देखिका सबै पक्षको अभिलेखिकरण र पुर्नतार्जकीका लागि यस पटक स्वर्ण महोत्सवको यो अवसरलाई सदुपयोग गर्ने बेला आएको बताएका थिए । यसका साथै उपस्थिती सबैले स्वर्ण महोत्सव सफल बनाउने प्रतिबद्धता जनाएका छन् । स्वर्ण महोत्सवमा पुर्व शिक्षक सम्मान, विद्यालयको स्मारीका विमोचन, स्वर्ण स्तम्भ निमार्ण सहितका विविध गतिविधिहरु समावेश हुने भएका छन् ।
वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले स्वर्ण महोत्सवलाई सफल पार्न सबैलाई अनुरोध गरे । यहाँका संघ संस्था, सामाजिक व्यक्तिहरु, पुर्व विद्यार्थी तथा यस विद्यालयका पुर्व शिक्षकहरु, पुर्व व्यवस्थापन समिति, जग्गा दाता, चन्दा दाता,अक्ष्यकोषदाता, तथा विद्यालयसँग कहि न कहि जोडिएर रहेका सबै व्यक्तिहरुलाई यो महोत्सवमा सामेल बनाउनुपर्ने उनको भनाइ थियो ।
विद्यालयको स्वर्ण महोत्सव आयोजना सफल पार्न गठित १११ सदस्यीय मूल समिति र २५ सदस्यीय स्वर्ण महोत्सव समन्वय समितिले विद्यालयको स्वर्ण महोत्सवका लागि आर्थिक सहयोग गर्न पनि आग्रह गरेको छ । आर्थिक व्यवस्थापन समिति मार्फत आर्थिक स्रोतहरुको पहिचान गरि महोत्सव सफल बनाउन साझा प्रतिबद्धता समेत जनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठमन सिहं थापा संयोजक रहेको मुल समिति तथा शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल सिहं बेल्वासे सह–संयोजक रहने गरी वडा अध्यक्ष, स्थानीय सामुदायिक वनका प्रतिनिधि, टोल विकास संस्थाका प्रमुख, विद्यालयका शिक्षकहरु, पुर्व विद्यार्थी, पुर्व शिक्षकहरु सहितको प्रतिनिधित्व हुने गरी १११ मुल आयोजक समिति गठन गरीएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिता कडेलले विद्यालयले मनाउन लागेको स्वर्ण महोत्सवमा सबैको साथको आवश्यकता रहेको बताउदै महोत्सव सम्बन्धि कार्यविधिबारे जानकारी गराएकी थिइन ।

प्रतिक्रिया

खबर सबै