

शुद्वाेदन मावि जिनुवामा स्वर्ण महोत्सवकाे तयारी, गठन भयाे मुल समिति





नवराज बेल्वासे, कपिलवस्तु । शुद्धोदन जन जिवन माध्यमिक विद्यालय वाणगंगा ९ जिनुवाले आफ्नो स्थापना कालको स्वर्ण महोत्सवका लागि राय सुझाव सङ्कलन तथा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आयोजित कार्याक्रममा वाणगंगा नगरपालिका प्रमुख चक्रपाणी अर्याल वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेल,वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्याल, पुर्व वडाध्यक्ष धुव्र बेल्वासे, भलवाड भित्रका सामुदायिक बनका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, युवा क्लवहरुको प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, पुर्व विद्यार्थीहरु, पुर्व शिक्षकहरु, जग्गादाताहरु सहित भलवाड भित्र रहेका संघसंस्थाहरुको प्रतिनिधित्व कार्यक्रममा रहेको थियो ।
उपस्थिती सबैले स्वर्ण महोत्सव सफल बनाउने प्रतिबद्धता जनाएका छन् । स्वर्ण महोत्सवमा पुर्व शिक्षक सम्मान, स्मारीका विमोचन, स्वर्ण स्तम्भ निमार्ण सहितका विद्यार्थीका प्रतिभाहरु प्रस्टफुटन गर्ने क्रियाकलाप सञ्चालन हुने छ ।
कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले स्वर्ण महोत्सव जस्तो कामलाई आफु सहित नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा प्रमुख अथिति कमल पौडेलले स्वर्ण महोत्सव जस्तो पवित्र कामलाई सबैले हातेमालो गर्दै सहयोग गर्ने तथा वडाले पनि सक्दो सहयोग गर्ने कुरा व्यक्त गरेका थिए ।
कार्यक्रमबाट १११ सदस्य मूल समिति र २५ सदस्यीय स्वर्ण महोत्सव कार्यदल समिति लगायत निमार्ण गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठमन सिहं थापा संयोजक तथा शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल सिहं बेल्वासे सह–संयोजक रहने गरी वडा अध्यक्ष, वडा प्रतिनिधि, बनका प्रतिनिधि, टोल विकासको प्रतिनिधि, विद्यालयका शिक्षकहरु, पुर्व विद्यार्थी, पुर्व शिक्षकहरु सहितको प्रतिनिधित्व हुने गरी १११ मुल आयोजक समिति गठन गरीएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिता कडेलले विद्यालयले मनाउन लागेको स्वर्ण महोत्सवमा सबैको साथको आवश्यकता रहेको बताउदै महोत्सव सम्बन्धि कार्यविधि माथि प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष ठमन सिहं थापाको अध्यक्षता, प्रधानाध्यापक अनिता कडेलको स्वागत मन्तव्य, शिक्षक राम प्यारी पौडेलको सञ्चालन र अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक विष्णु प्रसाद बेल्वासेको सहजिकरणमा सम्पन्न भएको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया