

बाणगंगामा नापी कार्यालय स्थापनाको विषयले सदरमुकाममा विरोध





साझाकुरा, कपिलवस्तु | कपिलवस्तुको बाणगंगामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने खबरले उत्तरमा खुसी छाइरहेका बेला जिल्लाको दक्षिणमा बिरोधका आवाज सुनिन थालेका छन् । कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको मालपोत तथा नापी कार्यालय बाणगङ्गा नगरपालिकामा स्थापना गर्ने मन्त्रिपरिषद् बैठकबाट भएको निर्णयको विरोध सुरु भएको हो ।
यस निर्णयको विरोधस्वरुप जनता समाजबादी पार्टी नेपाल कपिलवस्तुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयललाई ध्यानकर्षण पत्र पठाएको छ । उक्त पार्टीका अध्यक्ष शैलेन्द्र कुमार यादव, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलसहितका नेताहरु जिल्ला प्रशासन कार्यालय तौलिहवामा पुगेर प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याललाई ज्ञापन पत्र बुझाए ।
टोलीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसम्म पुग्ने गरी प्रजिअमार्फत् ज्ञापनपत्र बुझाएको हो । सो निर्णय अबिलम्ब नसच्चाइए कडा आन्दोलन गर्ने पार्टीले चेतावनी समेत दिएको छ ।
यता बाणगंगा लगाएतका उत्तरका पालिका र स्थानमा भने उक्त कार्याालय यहाँ स्थापना हुने खबरले नागरिकहरु उत्साहित छन् ।
यस्तो छ मन्त्रीपरिषद्बाट सार्वजनिक निर्णयको संक्षेप रुप



खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया