

अमृते सामुदायिक वनले गरिदियो विपन्न परिवारको ‘स्वास्थ्य विमा’





साझाकुरा, भलवाड | स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन आर्थिक समस्याले नसकिरहेका ३६ परिवारलाई सामुदायिक वनले बिमा गराइदिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित अमृते सामुदायिक वनले आफ्ना उपभोक्ता सदस्यहरु मध्ये विपन्न त्यस्ता परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन सहयोग गरेको हो ।
सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलका अनुसार वन उपभोक्ता सदस्यहरुको तथ्याङ्क सर्वेक्षण गरी आर्थिक रुपमा विपन्न रहेका त्यस्ता परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराइ सहयोग गर्ने वन कार्यसमितिको योजना तथा निर्णँय अनुसार ३६ परिवारलाई विमा कार्यक्रममा वनले सहयोग गरेको बताए । उनले विमा वापतको रकम सामुदायिक वनले तिरिदिने गरी विमा सहजकर्तासँग उनीहरुलाई भेट गराई विमा गराइदिएको जानकारी दिए ।
बाणगंगा ९ मा करिब १ हजार ६ सय घर धुरी परिवार छन् । विमा सहजकर्ता कविता पौडेलका अनुसार यहाँ हाल सम्म एघार सय परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध छन् । भर्तापुरमा भने सामुदायिक वनले आफ्ना उपभोक्ता सदस्यहरु सबैलाई स्वास्थय बिमा कार्यक्रममा सहभागी गराउने उद्देश्यले विपन्न परिवाको विमा वनले गरिदिएको जनाएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया