
तौलिहवाबाट लेबल बिनाका बेकरीजन्य पदार्थ बरामद गरी नष्ट

कपिलवस्तु, १२ मंसिर २०८१ । कपिलवस्तु नगरपालिकाको तौलिहवा क्षेत्रबाट बजार अनुगमन टोलीले लेबल बिनाका बेकरीजन्य पदार्थ बरामद गरी नष्ट गरेको छ। बुधवार गरिएको नियमित बजार अनुगमनका क्रममा घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तौलिहवा, जिल्ला प्रशासन कार्यालय र प्रहरीले संयुक्त रूपमा अनुगमन सञ्चालन गरेका थिए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अनुसार, टोलीले ९ हजार बढी लेबल नलगाइएका बेकरीजन्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरेका छन्। यी सामग्रीहरु मानवीय स्वास्थ्यको लागि खतरनाक हुनसक्ने भन्दै त्यस्ता वस्तुहरुको बजारमा विक्रि वितरण रोक्न यो कदम उठाइएको हो।
साथै, यस अनुगमनका क्रममा पूर्वनिर्देशको कार्यान्वयनको अवस्थाबारे पनि सोधपुछ गरिएको छ। यसले उपभोक्ताको सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्न कडा निगरानी राख्नुपर्ने आवश्यकता औंल्याएको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया