
कपिलवस्तुबाट बाघको छालासहित एकजना पक्राउ

कपिलवस्तु, मंसिर १० | कपिलवस्तुमा बाघको छालासहित एक जना पक्राउ परेका छन्। शिवराज नगरपालिका(२ हल्लानगरस्थित करूणा रेष्टुरेन्ट एण्ड लज बाहिरबाट आइतबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जन भट्टले जानकारी दिए।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ५ गोलपार्क बस्ने ४१ वर्षीय विष्णुप्रसाद भट्टराई छन्। बाघको छालाको कारोबार भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा सादा पोशाकको टोली खटिएको थियो।
उक्त टोलीले रेष्टुरेन्ट बाहिर उभिरहेका भट्टराईको तलासी लिएको थियो। उनले बोकेको बोराभित्र बाघको छाला बरामद भएको हो। उक्त छाला टाउकोदेखि पुच्छरको फेद सम्म ६ फिट लम्बाई छ। पुच्छरको भाग २ फिट २ इन्च लम्बाई भएको छ।
चार वटा दाह्रा, चारै खुट्टाको पंजाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो तीन वटा सानो प्वाल देखिएको छ।थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको कार्यालयले जनाएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया