
राहदानी बनाउन जाँदै हुनुहुन्छ ? पर्खनुहोस्, पछिल्लो चारदिन देखि ठप्प छ सेवा !

साझाकुरा,कपिलवस्तु, मंसिर १० | पछिल्लो एक हप्ता देखि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालयमा पुग्ने सेवाग्राहीहरु निराश भएर फर्किन बध्य छन् । कपिलवस्तुसहित देशभर राहदानी फाँटमा यस्तो समस्या भइरहेको हो ।
राहदानी फाँटमा केन्द्रबाट सिस्टमले काम नगरेको जिल्ला प्रशासन स्थित राहदानी फाँटका कर्मचारी बताउँछन् । कपिलवस्तु स्थित जिल्ला प्रशासन कार्यालयले मंसिर ६ गते एक सूचना वेवसाइटमा प्रकाशन गरी सिस्टमको समस्याका कारण राहदानी सम्बन्धी काम हुन नसकेको सेवाग्राहीमा जानकारी गराएको थियो । प्रशासनले चार दिन अघि यसबारे सूचना निकाल्दा पनि केन्द्रबाटै देखिएको यो समस्यामा केन्द्रिय राहदानी विभाग गम्भिर बन्न नसक्दा देशभर राहदानी बनाउन प्रशासनमा पुग्ने सेवाग्राही निराश हुने गरेका छन् ।
कतिपय जिल्लामा भने नागरिकले समयै सूचना नपाउँदा जिल्ला प्रशासन कार्यालयसम्म पुग्नु परेको गुनासो पनि बढ्दो छ । राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस सल्केपछि सेवा अवरुद्ध हुन पुगेको हो ।राहदानी विभाग र त्यस अन्तर्गत राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतको सेवा ठप्प रहेकाले सेवाग्राही मर्कामा परेका छन् । केन्द्रीय विभागबाटै भएको सर्भर डाउनको समस्या कपिलवस्तुमा पनि आइतबार सम्म कायमै रहेको थियो । सोमबार पनि यो समस्या कायमै रहने अनुमान गरिएको छ । यसबाट नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवीकरण गर्नेलगायत राहदानीसम्बन्धी सबै कार्य अवरुद्ध रहेको जनाइएको छ ।
राहदानीका लागि अनलाइन फारम फरेर फोटो खिचाउन र विद्युतीय हस्ताक्षर गरेर पेश गर्न सेवाग्राही प्रशासन कार्यालय पुग्छन् । विभागकै कारण कपिलवस्तुमा पनि राहदानी वितरणदेखि फोटो खिचाउनेसम्मका सबै काम ठप्प भएका छन् ।
विभागले १० गतेभित्र सबै समस्या समाधान गर्ने बताएकाले छिटै समस्या हल हुने बताइएको छ ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया