साझाकुरा मिडिया गुप्रको कार्यकारी निर्देशकमा अर्जुन बेल्वासे नियुक्त

साझाकुरा : साझा कुरा मिडिया गुप्र प्रा.लिको बोड बैठकले कपिलवस्तुका अर्जुन बेल्वासेलाई मिडियाको कार्यकारी निर्देशकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ।

यो निर्णयअनुसार, बेल्वासेले साझा कुरा मिडिया ग्रुप अन्तर्गत सञ्चालित इ–साझाकुरा डट कमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नेछन्। पत्रकारितामा समर्पित करियरका साथ बेल्वासेले लामो समयदेखि कपिलवस्तुमा सूचना र समाचार प्रवाहको सशक्तिकरणमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।

उनलाई कार्यकारी निर्देशक जस्तो उच्च जिम्मेवारी दिन पाउँदा संस्थाका प्रबन्ध निर्देशक राजेन्द्र खनालले खुसी व्यक्त गर्दै, बेल्वासेको नेतृत्वमा हाम्रो मिडिया गुप्रले नयाँ आयाम र उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । यस नियुक्तिसँगै साझा कुरा मिडिया समूहले आफ्नो सेवा र क्षेत्रगत विस्तारलाई नयाँ दिशामा अघि बढाउने योजना बनाएको छ। पत्रकारिता क्षेत्रमा अनुभव र विभिन्न क्षेत्रका नेतृत्व क्षमताले भरिपूर्ण बेल्वासेले आफ्नो कार्यकालमा मिडिया समूहलाई अझ विश्वसनीय र प्रभावकारी बनाउने अपेक्षा मिडिया संचालक समितिले गरेको छ ।

साझा कुरा मिडिया ग्रुप संचालक समितिमा खनाल सँगै प्रधान सम्पादाक नबराज बेल्बासे, व्यवस्थापक प्रेम पाण्डे, आइटि अफिसर पवनराज पाण्डे सहितको बैठकले बेल्बासेलाई यो जिम्मेवारी दिएको हो । साझा कुरा मिडिया ग्रुप कपिलवस्तु जिल्लाबाट संचालित नवीन विचार र प्रविधि समायोजन गर्दै पत्रकारिताको क्षेत्रमा लुम्बिनी प्रदेशमा फरक पहिचान बनाइरहेको मिडियोको रुपमा स्थापित छ ।

यो जिम्मेवारीसँगै, बेल्वासेले मिडियालाई नयाँ आयाममा लैजान थप योगदान पुर्‍याउने विश्वास समेत गरिएको छ। उनले पनि साझा कुरा मिडिया ग्रुपसँग जोडिएर जिम्मेवारीसहित काम गर्न पाउँदा आफूले फरक नेतृत्वको महशुस गरेको बताएका छन् भने आफुले जिम्मेवारी अनुसारले संस्थाको बृहत्तर विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Enter

प्रतिक्रिया

खबर सबै