

जाने होइन त सत्यवती ? चिच्याएर वर माग्ने मेला सुरु हुँदै



पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका –४ सत्यवतीमा चिच्याएर वर माग्ने मेलाको तयारी सुरु भएको छ । सत्यवती मन्दिरमा कात्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको मेला कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ ।
नेपालमै अनौठो मानिएको मेला सम्पन्न गर्न तयारी गरिएको छ । मन्दिरमा वर माग्न आउने भक्तजनलाई सहज हुनेगरी यातायात, पार्किङ, सुरक्षा लगायतमा व्यवस्थापन गर्न सबै पक्षसँग छलफल गरिएको छ । यस्तै, मन्दिरसम्म पुग्ने बाटो मर्मत गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए ।
सिद्धार्थ राजमार्गको चौबिस माइल र झुम्सादेखि पैदल र सवारीसाधनबाट सत्यवती तालसम्म पुग्न सकिनेछ । परम्परादेखि नै यहाँ चिच्याएर वर माग्ने अनौठो मेला लाग्ने गरेको छ । यसवर्ष जोग परेकाले विगतका वर्षभन्दा मन्दिरमा आउने भक्तजनको सङ्ख्या बढी हुने समितिका अध्यक्ष गाहाले बताए ।
तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ । उक्त पूर्णिमा कात्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । परापूर्वकालमा सत्यवती बज्यै घना जङ्गलको बिचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंबदन्ती छ ।
सत्यवती बज्यै कान नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती तालनजिक पुगेर चिच्याएर मनमा चिताएको वर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा हजारौँ भक्तजन बर माग्न आउने गरेका छन् ।
मेला भर्न नेपालसहित भारतका विभिन्न स्थानबाट समेत मानिस आउने गरेका छन् । यहाँ आउने भक्तजनले बाँस, निगालो, साल आदि लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने प्रचलन छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया