

जाने होइन त सत्यवती ? चिच्याएर वर माग्ने मेला सुरु हुँदै


पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका –४ सत्यवतीमा चिच्याएर वर माग्ने मेलाको तयारी सुरु भएको छ । सत्यवती मन्दिरमा कात्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको मेला कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने भएको छ ।
नेपालमै अनौठो मानिएको मेला सम्पन्न गर्न तयारी गरिएको छ । मन्दिरमा वर माग्न आउने भक्तजनलाई सहज हुनेगरी यातायात, पार्किङ, सुरक्षा लगायतमा व्यवस्थापन गर्न सबै पक्षसँग छलफल गरिएको छ । यस्तै, मन्दिरसम्म पुग्ने बाटो मर्मत गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले बताए ।
सिद्धार्थ राजमार्गको चौबिस माइल र झुम्सादेखि पैदल र सवारीसाधनबाट सत्यवती तालसम्म पुग्न सकिनेछ । परम्परादेखि नै यहाँ चिच्याएर वर माग्ने अनौठो मेला लाग्ने गरेको छ । यसवर्ष जोग परेकाले विगतका वर्षभन्दा मन्दिरमा आउने भक्तजनको सङ्ख्या बढी हुने समितिका अध्यक्ष गाहाले बताए ।
तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ । उक्त पूर्णिमा कात्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । परापूर्वकालमा सत्यवती बज्यै घना जङ्गलको बिचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंबदन्ती छ ।
सत्यवती बज्यै कान नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती तालनजिक पुगेर चिच्याएर मनमा चिताएको वर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा हजारौँ भक्तजन बर माग्न आउने गरेका छन् ।
मेला भर्न नेपालसहित भारतका विभिन्न स्थानबाट समेत मानिस आउने गरेका छन् । यहाँ आउने भक्तजनले बाँस, निगालो, साल आदि लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र भोलिपल्ट आफूले गाडेको लिङ्गो चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने प्रचलन छ ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया