

भारतीय पर्यटक सवार कार प्युठानमा दुर्घटना


प्युठान : प्युठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक घाइते भएका छन् । बुधबार दिउँसो साढे १ धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीबाट फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको कार भारतीय प्लेट नम्बर युपी ५६ ए ए ४२२२ रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रमुख प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले जानकारी दिएका छन । उनका अनुसार कार सडकबाट २० मिटर तल जङ्गलमा खसेको थियो ।
कारमा चालक सहित पाँच जना सवार थिए । तीमध्ये चार जना घाइते भएको प्रहरी निरीक्षक थापाले बताए । घाइते हुनेमा भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने वर्ष ५३ का वीरेन्द्र पाण्डेय, वर्ष ४३ को शुभद्रा पाण्डेय, वर्ष १७ की जया पाण्डेय,, त्यस्तै ५५ वर्षकी शिला पाण्डेय, तथा चालक वर्ष ४५ का अखिलेसकुमार पाण्डेय रहेका छन ।
घाइते मध्य वीरेन्द्र पाण्डेयकाे टाउकाेमा,जया पाण्डेयको टाउको र शरीरमा, शुभद्रा पाण्डेय को टाउकामा, शिला पाण्डेयको शरीरमा चोट लागेकाे छ भने चालक अखिलेसकुमार पाण्डेय सामान्य घाइते भएको प्रमुख थापाले जानकारी गराए । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया