

शुक्रराज ट्रपिकलले माग्न थाल्यो कोभिड-१९ का बिरामी सगँ धरौटी



कार्तिक १६, ई-साझाकुरा
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आईसीयू र आइसोलेशनमा भर्ना भएका बिरामीको लागि शुल्क तोकेको छ । कोभिड—१९ भएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीको लक्षणका आधारमा लाग्ने दैनिक खर्च र उपचारका लागि लाग्ने धरौटी रकम सार्वजनिक टेकु अस्पतालले गरेको हो । कोभिड—१९ भएर स्वास्थ्य उपचारका लागि निम्नवर्गीय तथा मध्यम वर्गीय परिवारका बिरामी धाउने सरकारी अस्पताल मध्ये प्रमुख अस्पतालको रुपमा टेकु अस्पतालमा भिड लाग्ने गर्छ । कोभिड—१९ भएर स्वास्थ्यमा जटिल समस्या भइ आईसीयूसँगै भेन्टिलेटमा उपचार गर्दा दैनिक उपचार १५ हजार लाग्ने अस्पताले तोकेको छ भने धरौटी रकम ५० हजार लाग्छ ।
यस्तै आइसियु मात्र चाहिने र मध्यम जटिल (क्याविन आइसोलेसन) मा उपचार गर्नुपर्ने बिरामीले दैनिक ७ हजार ५ सय उपचार खर्च तिर्नुपर्छ भने ३० हजार धरौटी रकम लाग्छ । संक्रमित भएर मध्यम जटिल अवस्थाका बिरामी ग्यास्ट्रो आइसोलेसनमा बस्दा दैनिक ३५ सय उपचार शुल्क लाग्छ भने २० हजार धरौटी रकम तिनुपर्ने अस्पतालले जनाएको छ । विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि, अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचय पत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा १० प्रतिशतदेखि शतप्रतिशतसम्म उपचार छुट दिने अस्पतालले जनाएको छ ।
कार्तिक २ गतेबाट लागु हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कोभिड अस्पताललाई कोरोना संक्रमितको उपचार सःशुल्क गर्न निर्देशन दिएको थियो ।



खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया