

जङ्गलमा पुरुषको शव फेला



कार्तिक १६, ई–साझाकुरा
बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जङ्गलमा फेला परेको अन्दाजी वर्ष ३०र३५ का पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो ।
शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया