कपिलवस्तु सहित ५६ जिल्ला रेड जोनमा

नेपालको कपिलवस्तु सहित ५६ जिल्लामा हालसालै जारी गरिएको रेड अलर्टले जनमानसमा त्रास फैलाएको छ। मौसम विभागले आएको विपद्को संकेतले जोखिम क्षेत्रका बासिन्दाहरूलाई सचेत रहन भनिएको छ। बाढी, पहिरो र भीषण चट्याङले कुनै पनि बेला तबाही मच्चाउन सक्ने चेतावनीले सतर्क रहन सरकारको आग्रह छ।

असामान्य वर्षाका कारण भोलिका दिनहरु अत्यन्त खतरनाक हुने सम्भावना छ। प्रशासनले प्रभावित क्षेत्रका जनतालाई तत्काल सुरक्षाको उपाय अपनाउन भनेको छ भने उद्धार टोलीहरू तयार अवस्थामा राखिएका छन्। बाढीको प्रभावले पहाडी र ग्रामीण क्षेत्रहरूमा सडक अवरुद्ध हुने सम्भावना रहेकोले यातायात पनि चुनौतीपूर्ण बन्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको सूचीमा राखेकोमा आज जारी अर्को विशेष बुलेटिनमा ५६ जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको छ ।

महाशाखाका अनुसार १९ जिल्ला मध्यम जोखिममा छन् भने हिमाली दुई जिल्ला (मुगु र हुम्ला) मात्र न्यून जोखिममा छन् ।

महाशाखाका मौसमविद गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण छ ।

हेर्नुहोस् जोखिमको सूची-

असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते आइतबारसम्म देशभर वर्षाको सम्भावाना छ । मौसमविदका अनुसार कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । यी प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षा पनि हुन सक्ने छ । साथै तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ ।

उच्च सतर्कता अपनाउन आग्रह

यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ ।

यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुनसक्ने सम्भावना छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने आशंका छ ।

त्यसैले मौसमविदले सर्वसाधारणदेखि सबै सरोकारवालालाई उच्च सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

खबर सबै