इटलीमा हरियो रङ्गको कुकुरको बच्चा जन्मियो

ई–साझाकुरा, कार्तिक १४

इटलीमा हरियो रङ्गको कुकुरको बच्चा जन्मिएको छ ।कुकुरले जन्माएका पाँच बच्चामध्ये एउटा हरियो रङ्गको रहेको जनाइएको छ। इटलीका एक कृषक क्रिस्टियन मालोस्सीले पालेको स्पेलाच्चियो नामक पोथी कुकुरले जन्माएका पाँच बच्चामध्ये एउटा हरियो रङ्गको रहेको छ।भूमध्यसागरस्थित सार्डिनिया टापुमा जन्मिएको त्यो अद्भुत छाउराको नाम पिस्टाचियो राखिएको छ। पिस्टाचियोसँगै जन्मेका अरू छाउराछाउरीको रौँ आफ्ना माउको जस्तै सेतो छ।

गर्भमा हुँदा बिलिभर्डिन नामक हरियो रङ्गका कारण उसको रौँ हरियो भएको हुनसक्न अनुमान लगाइएको छ । पिस्टाचियोको रङ्ग बिस्तारै उड्न थालिसकेको र यो क्रम कायम रहने बताइएको छ।

बीबीसीको सहयोगमा

प्रतिक्रिया

खबर सबै